सम्पत्ति करबापत ५० करोड उठ्न बाँकी

गोरखापत्र

काठमाडौं

स्थानीय तहको आन्तरिक आयको महत्त्वपूर्ण स्रोत सम्पत्ति कर भए पनि आफ्नो क्षेत्रभित्र कति सम्पत्ति कर उठ्न सक्छ भन्ने अनुमान गर्न नगरपालिका र गाउँपालिकाले सकिरहेका छैनन्। 

सबैभन्दा बढी सम्पत्ति कर उठाउन सक्ने र सुविधासम्पन्न भएर पनि काठमाडौँ महानगरपालिकाले पनि यसको आकलन गर्न सकेको छैन। काठमाडौँ महानगरपालिकाले सम्पत्ति करबापतको ५० करोड रुपियाँ उठ्न बाँकी रहेको अनुमान गरेको छ तर कुन संस्था वा व्यक्तिले कति सम्पत्ति कर तिर्न बाँकी छ भन्ने कुरामा भने महानगर अनभिज्ञ नै देखिएको छ। 

प्रकाशित मिति: : 2022-09-20 08:49:00

प्रतिकृया दिनुहोस्