युक्रेन स्कटल्यान्डसँग पराजित

File Photo
File Photo

स्कटल्यान्डसँग ३–० ले पराजित हुँदा  युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ।

बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे।

खेलको ७०औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए। ८०औं मिनेटमा डेकेसले दोब्बर अग्रता बनाए। ८७औं मिनेटमा डेकेसले तेस्रो गोल गरे।

हारसंगै समूह बी को ग्रुप १ मा युक्रेन ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ। स्कटल्यान्ड चार खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2022-09-22 08:11:00

प्रतिकृया दिनुहोस्