राज्यका विभिन्न अङ्गमा बेथिति : असफलतातिर उन्मुख भएकै हो ?

रातोपाटी

काठमाडाैँ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा मुलुक होमिएकै समयमा राज्यका विभिन्न अङ्ग अस्तव्यस्तको अवस्थामा देखिएका छन् । यतिबेला राज्यका विभिन्न अङ्गका गतिविधि संवैधानिक कि असंवैधानिक भन्नेबारे बहस चर्किएको छ । त्यसो त, सबैले आफू संविधान, विधि र प्रक्रियाबाट बाहिर नगएको दाबी गरिरहेका छन् ।

तर त्यो दाबीमाथि पनि सशक्त प्रश्न उठिरहेको छ । मुलुक नै दुई पक्षमा विभाजित हुँदै गएजस्तो अनुभूति भइरहेको छ । संघीय संसदको दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेकै कारण राष्ट्रपति विवादमा मुछिएको अवस्था छ । राष्ट्रपतिको सो कदमलाई एउटा पक्षले संवैधानिक भनेर दाबी गर्दै आएको छ भने अर्को पक्षले असंवैधानिक

प्रकाशित मिति: : 2022-09-23 17:37:00

प्रतिकृया दिनुहोस्