बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन्।
अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए। उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन्।
यसैगरी उनले दोस्रो गोल २७औं मिनेटमा गरे। र खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे।