रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु

File Photo
File Photo

उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ।

आगलागी लगत्तै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण अनुसन्धान भइरहेको छ।

चीनमा घातक आगलागी बारम्बार हुने गरेका छन्, जहाँ भवन संहिता उल्लंघन गरेर व्यापक अनधिकृत निर्माण भइरहन्छन्। यस महिनाको सुरुमा, चाङ्साको मध्यशहरमा भएको ठूलो आगलागीले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी चाइना टेलिकमको कार्यालय रहेको गगनचुम्बी भवनमा क्षति भएको थियो। त्यस्तै उत्तरपूर्वी जिलिन प्रान्तमा एउटा गोदाममा आगलागही हुँदा १५ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2022-09-29 07:53:00

प्रतिकृया दिनुहोस्