पाकिस्तानले बुधबार पाँचौ टी–२० खेलमा इङल्यान्डमाथि ६ रनको जित निकालेको छ। जितसँगै पाकिस्तानले सात खेलको शृखलामा ३–२ को अग्रता लिएको हो।
पाकिस्तानले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३९ रन मात्र बनाउन सक्यो।
इङल्यान्डका मोइन अलीले ३१ बलमा दुई चौका र चार छक्का मद्दतमा अविजित ५१ रन जोडे। डेविड मलानले ३६ रन जोडे। पाकिस्तानका हरिस रौफले दुई तथा जमाल,अहमेद, सडाब खान,मोहम्मद नवाज र मोहम्मद नासिमले समान एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तयार गरेको थियो। पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४६ बलमा तीन चौका र तीन छक्का मद्दतमा ६३ रन जोडे। इफ्तिखार अहमेदले १५ रन जोडे।
इङल्यान्डका मार्क उडले तीन, साम कुरान र डेविड वेल्लीले समान दुई तथा क्रिस ओक्सले एक विकेट लिए।