नवौं राष्ट्रिय खेलकुद : छनौट खेलमा दाङ महिला क्रिकेट टिमको उत्कृष्ट प्रदर्शन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेलमा दाङ महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेको छ।

रुपन्देहीमा भइरहेको छनौट खेलमा लुम्बिनी प्रदेशका सबै जिल्लालाई हराउँदै दाङ महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेको हो।

दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाका अनुसार दाङ महिल क्रिकेट टिमले रुपन्देही, नवलपरासी पश्चिम र बाँकेको महिला क्रिकेट टिमलाई हराएको छ।

नवलपरासी पश्चिमलाई १२३ र बाँकेलाई ८५ रनले हराउँदा रुपन्देहीलाई ५ विकेटले हराउन सफल भएको अध्यक्ष मजगैयाले बताए।

लुम्बिनीबाट नवौं राष्ट्रिय खेलकुदका लागि ४ जिल्लाका मात्र महिला क्रिकेट टिम छनौट खेलमा सहभागी भएका छन्। यी ४ टिमबाट उत्कृष्ट १४ खेलाडी छनौट गरी गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी पठाइने छ।

प्रकाशित मिति: : 2022-10-01 15:15:00

प्रतिकृया दिनुहोस्