नेपाल र भियतनाम भिड्दै

एएफसी यु- १७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे फु थोस्थित भियत त्रि स्टेडियममा सुरु हुनेछ।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो। भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ। पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो।

समूह 'एफ' मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ। भियतनाम ३ अंक जोडेर शीर्षमा छ। 

प्रकाशित मिति: : 2022-10-07 06:26:00

प्रतिकृया दिनुहोस्