सत्ता गठबन्धनकाे समर्थनमा घनश्याम भुसालले रूपन्देही– १ बाट स्वतन्त्र उम्मेदवारी दिने

सिट बाँडफाँडमा असन्तुष्टी जनाउँदै नेकपा (एमाले) परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। भुसालले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन्।

एमाले परित्याग गरेसँगै भुसाललाई माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए। तर, उनले त्यो प्रस्ताव अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन्। उनले आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका छन्।

भुसाल यसअघिकाे निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट विजयी भएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले साे निर्वाचन क्षेत्र खाेसेर राप्रपालाई दिने निर्णय गरेपछि भुसालले शनिबार पार्टी परित्याग गरेका हुन्।

भुसालले अहिले उम्मेदवारी दिन लागेकाे निर्वाचन क्षेत्रमा उनकाे घर पर्छ।

प्रकाशित मिति: : 2022-10-09 08:57:00

प्रतिकृया दिनुहोस्