देउवाविरूद्ध गोविन्द पोखरेलको विद्रोह, दाङ–१ बाट स्वतन्त्र लड्ने

सत्ता गठबन्धनबाट टिकट नपाएपछि कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले प्युठानबाट टिकट नदिएपछि उनी दाङबाट स्वतन्त्र लड्ने तयारीमा रहेको उनीनिकट एक नेत्रीले बताइन्।

पार्टीभित्र शेखर—गगन समूहका डा. पोखरेल कांग्रेस सभापति देउवाको निर्णयविरूद्ध दाङ झरेर चुनावी मैदानमा उत्रिएका छन्। 

सत्ता गठबन्धनका नेताहरूले आफू उपेक्षा गरेपछि स्वतन्त्र रुपमा चुनाव लड्न लागेको उनले बताएका छन्। देउखुरी क्षेत्रका कांग्रेस नेता–कार्यकर्ताहरू आफ्नो पक्षमा रहेको पोखरेलले दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-10-09 14:18:00

प्रतिकृया दिनुहोस्