एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन्। उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन्।

प्रकाशित मिति: : 2022-10-09 17:44:00

प्रतिकृया दिनुहोस्