नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटी सदस्य पूर्ण बुढाले रोल्पाबाट उम्मेदवार मनोनयन दर्ता गराएका छन्।
उनी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग प्रतिस्पर्धीको रुपमा उम्मेदवार बनेर उभिएका हुन्।
दुई दशकको राजनीतिक यात्राका क्रममा अनेकौँ उत्साह, कठिनाइ र भारी चुनौती भोगेको उम्मेवार बुढा बताउँछन्। त्यसो त उनी आफ्नै पूर्वकमान्डर वर्षमानविरुद्ध चुनावी मैदानमा खडा भएका छन्।
त्यस्तै, प्रदेश (क) मा कमल बुढाथाेकी र प्रदेश (ख) मा प्रेम घर्तीले उम्मेदवारी दर्ता गराएका छन्।
जनयुद्धकालमा उम्मेदवार बुढा जनमुक्ति सेनाको बटालियन कमान्डर हुँदा उनै वर्षमान माथिल्लो तहको कमान्डर भएको पूर्वजनमुक्ति सेनाका सदस्यहरू बताउँछन्।
नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’को समर्थनमा रहेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पनि छन्।