प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
राईले आइबार गृह जिल्ला भोजपुरमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार दर्ता गरेका हुन्।
२०७४ को निर्वाचनमा शेरधन राई मुख्यमन्त्रीको दावीसहित भोजपुर प्रदेश (ख) बाट विजयी भएका थिए। उनी हाल नेकपा एमालेका स्थायी कमिटी सदस्य छन्।
प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा हरीबहादुर राई र (ख) मा खड्गबहादु कार्कीले उम्मेदवार दर्ता गरेका छन्।
सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका सुदन किराँतिले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राईले प्रदेशसभा (क) र विनोद वान्तवा राईले प्रदेश (ख) मा उम्मेदवारी दर्ता गराएका छन्।