जसपाको नीति : सत्ताको स्वाद, प्रतिपक्षको साथ !

रातोपाटी

काठमाडौं

झण्डै डेढ वर्षदेखि सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) आगामी निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्न पुगेसँगै दुई डुङ्गामा खुट्टा हाल्न पुगेको टिप्पणी हुन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै कांग्रेस माओवादीसँग मिलेर सत्ता गठबन्धनमा सामेल जसपा अन्ततः मङ्सिरको निर्वाचनका क्रममा भने उनै ओली नेतृत्वको एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि जसपामाथि यस्तो टिप्पणी हुन थालेको हो ।

एमालेसँग जसपाको चुनावी तालमेल भएसँगै नैतिकताको आधारमा जसपा सरकारबाट हट्नुपर्ने आवाज पनि उठ्न थालेको छ । तर, यस्तो आवाजलाई सो पार्टीका नेताहरू अस्वीकार गर्छन् । त्यति मात्रै होइन चारवटा आधारमा आफूहरू सरकारबाट हट्न नपर्ने जसपाका नेताहरूको तर्क छ ।  

 

प्रकाशित मिति: : 2022-10-11 10:28:00

प्रतिकृया दिनुहोस्