२० वर्ष पुराना गाडीलाई नेपाली सेनाले कसरी गर्छ विद्युतीयमा परिणत?

सेतोपाटी

सुसन चौधरी

नेपाली सेनाले बीस वर्षभन्दा पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिणत गर्न थालेको छ।

सेनाले प्रयोग गरिरहेका र च्यासिसका साथै अन्य पाटपुर्जा राम्रै अवस्थामा भएका २० वर्ष पुराना पेट्रोल/डिजेल गाडीहरू विद्युतीय बनाएको हो।

हालसम्म तीनवटा जीप र एउटा बस गरेर चारवटा सवारी विद्युतीय बनाइसकेको नेपाली सेनाका इलेक्ट्रोनिक एन्ड मेकानिकल इञ्जिनियर (इएमई) शाखा, भद्रकालीका प्राविधिक सहायक रथी गजेन्द्रनाथ कर्माचार्यले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा मारूती जिप्सी किङ-४१३ मोडल, ल्यान्ड रोभर जीप र २६ सिट भएको निसान सिभिलियन बस गरेर तीनवटा गाडी विद्युतीय बनाइएको हो। त्यस्तै आविष्कार केन्द्रसँग सहकार्य गरेर चौथो जीप पनि तयार भइसकेको उनले बताए।

प्रकाशित मिति: : 2022-10-12 10:23:00

प्रतिकृया दिनुहोस्