अभिनेता राब्बी कोलट्रेनको निधन

Photo: Agency
Photo: Agency

चर्चित सिनेमा ‘ह्यारी पोर्टर’मा रूबीयस हैग्रिडको भूमिकामा अभिनय गर्ने राब्बी कोलट्रेनको निधन भएकाे छ। उनकाे शुक्रबार (१४ अक्टुबर) को दिन लस एञ्जलस मा निधन भएको कोलट्रेनका प्रवक्ता बेलेण्डि जुनले पत्रकारहरुलाई बताएकी छिन।

द हलिउड रिपोर्टरकाअनुसार उनको के बिमारीको कारण निधन भएको हो त्यो आधिकारिक पुष्टि हुन् सकेको छैन।

३० मार्च १९५० को दिन बेलायतको रुथजेरियनमा जन्मेका कोलट्रेन उत्कृष्ट हास्य कलाकार र लेखक थिए। उनको नाम गिनिज बुकमा धेरै टेलिभिजन सिरियलमा अभिनय गरेको कारण दर्ता भएको छ।

कोलट्रेनको निधनमा हलिउडका कलाकारहरुले सामाजिक सञ्जालमार्फत् समवेदना दिएका छन्।

प्रकाशित मिति: : 2022-10-15 07:16:00

प्रतिकृया दिनुहोस्