राजनीतिक स्वार्थको छायामा प्रहरी व्यावसायिकता

हिमाल खबर

देवेन्द्र सुवेदी

‘परित्राणाय साधुनां विनाशाय चः दुष्कृताम्।’
-गीता

संस्थाका रूपमा प्रहरी संगठन, व्यक्तिका रूपमा प्रहरी र कार्यका रूपमा पुलिसिङको आधारभूत फिलोसोफी के हो भन्ने प्रश्नलाई माथिको श्लोकले बुझ्न मद्दत गर्छ। सामाजिक विकासको अहिलेको अत्याधुनिक चरण र सभ्यता यो स्थितिमा आइपुग्दा यसलाई परिभाषित गर्ने क्रममा धेरै भाष्य बनिसकेका छन्। विश्वभरकै प्रहरी संगठनको आदर्श ‘सज्जनहरूको रक्षाका लागि दुर्जनहरूको नाश गर्ने’ उक्ति वरपर घुमेको पाइन्छ।

प्रहरी व्यवस्थाको अनुमान लगाउन सकिने ढाँचा फेला परे पनि सैद्धान्तिक या वैचारिक रूपमा प्रहरी कार्यको आवश्यकता वा ‘पुलिसिङको सिद्धान्त’ को व्याख्या कमै छन्। कुनै वेला प्रहरी भनेको राजकाजको सहजताका लागि खबरीलालको भूमिका तथा उपल्लो निकायले लाएअह्राएका कामकाजी उद्देश्य र आदेश तामेल गर्ने समूहका रूपमा शुरू भएको मिलिशिया थियो। सोही निकाय मार्फत समाजलाई नियमन गर्ने भूमिकामा विस्तारित हुँदै गर्दा आजको प्रहरी बनेको हो। प्रहरीको सरसर्ती इतिहास यस्तै देखिन्छ।

 

प्रकाशित मिति: : 2022-10-17 20:30:00

प्रतिकृया दिनुहोस्