ईश्वर पोखरेलले सार्वजनिक गरे २८ बुँदे प्रतिबद्धता पत्र

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए।

आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।

'स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ', प्रतिबद्धता पत्रमा भनिएको छ।

भौतिक संरचना निर्माण गर्दा भिन्न रुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरु निर्माण गर्न पहलगरिने प्रतिबद्धता पत्रमा उल्लेख छ। 

एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क)मा पार्टीका केन्द्रीयसदस्य नारायण सिलवाल र प्रदेशसभा (ख)मा पार्टीका काठमाडौँ जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: : 2022-11-03 16:16:00

प्रतिकृया दिनुहोस्