कोरियाका ह्युङ मिनले विश्वकप गुमाउन सक्ने सम्भावना

Photo: Agency
Photo: Agency

दक्षिण कोरियाका खेलाडी तथा टोटेनह्याम हटस्परका फरवार्ड सन ह्युङ(मिनले विश्वकप गुमाउन सक्ने भएका छन्।

गत मगंलबार च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा सनको देव्रे आँखामा चोट लागेको थियो। उनको चोट लागेको आँखामा शल्यक्रिया गर्नुपर्न भएको छ।

विश्वकप सुरू हुन अब १७ दिन मात्र बाँकी छ, सन ह्युङ मिन दक्षिण कोरियाली टिममा नहुँदा कोरियालाई ठूलो असर पर्न छ।

आगामी विश्वकपमा दक्षिण कोरियाको समूहमा पोर्चुगल, घाना र उरुग्वे छन्।

प्रकाशित मिति: : 2022-11-03 17:25:00

प्रतिकृया दिनुहोस्