रविकाे दाबी : दाङमा घण्टीले ‘क्लिन स्वीप’ गर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाङका तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्ने दाबी गरेका छन्।

'दाङमा क्लिन स्वीप भएको इतिहास छ', उनले भने, 'यस पटक तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्छ।'

घोराहीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले घण्टीमा भोट गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे।

देशको हिसाब धेरै बिग्रिएको भन्दै उनले आफूहरुलाई जिताएर पठाए देशलाई थप बिग्रनबाट बचाउने दाबी गरे।

लामिछानेले आफ्नो पार्टीले पारदर्शीता कायम गर्ने बताए। 'देशको हिसाब धेरै बिग्रिएको छ। यो घोराही तुलसीपुर सडक हेर्नुहोस्, बन्दै नबन्ने बने पनि छिटो भत्किने, कसले बनायो?,' उनले भने, 'हाम्रो सरकार भयो भने यो बाटो कसले बनायो? कति पैसामा बनायो? ग्यारेन्टी कहिलेसम्म हुन्छ, सबका सब जानकारी यो चोक–चोकमा राखिन्छ।'

प्रकाशित मिति: : 2022-11-07 13:36:00

प्रतिकृया दिनुहोस्