प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जीत निकालेको हो।
कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा ग¥यो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे भने शेर मल्लले अविजित ३४ रन बनायो। राजु रिजालले अविजित २४ रन बनाए भने टेक रावलले १८ रन बनाए।
कर्णालीका रवीन्द्र शाहीले ३ तथा दिवन पुनले दुई विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर एक बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो। कर्णालीका लागि अर्जुन घर्तीले ७० रनको अर्धशतकीय इनिङ खेले। सुवास एयरले २४ रन बनाए। हिमान्सु शाही १२ रनमा आउट भए।
सुुदूरपश्चिमका नारायण जोशीले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट तथा गजेन्द्र बोहराले दुई विकेट लिए। प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमको यो सान्त्वना जीत हो। समूह एकको सुदूरपश्चिमले चार खेलमा दुई अङ्क जोडेको छ। यता कर्णालीको यो लगातार तेस्रो हार हो। कर्णाली तीन खेलमा अङ्कविहीन रहँदै पुछारमा रहेको छ।