क्याम्पियन स्कुलको आयोजनामा क्याम्पियन कप हुँदै

क्याम्पियन स्कुल लगनखेलकाे आयोजनामा कात्तिक २७ गतेदेखि ३० गतेसम्म अन्तरविद्यालयस्तरीय क्याम्पियन कप रनिङ सिल्ड आयोजना हुने भएको छ।

काठमाडौँ उपत्यकाका ४० विद्यालयका सातदेखि दश कक्षाका विद्यार्थीको सहभागिता रहने प्रतियोगितामा सहभागी विद्यालयले चार विधा (फुटसल, बास्केटबल, चित्रकला र निबन्ध)मा प्रतिस्पर्धा गर्न पाउने छन्। प्रत्येक विधाकाे विजेतालाई ग्रेड दिइनेछ र सबै विधामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यालयलाई च्याम्पियन ट्रफी प्रदान गर्ने आयाेजकले बताएकाे छ।

क्याम्पियन कपमा प्रथम हुने विद्यालयलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय स्थान हासिल गर्नेलाई ७ हजार पुरस्कारको राशी प्रदान गरिने क्यापियन एकेडेमीका संयाेजक विकेक शाही बताए।

‘लकडाउन यता विद्यालयस्तरका प्रतियोगिता खासै आयोजना भएको छैन। विद्यार्थीहरु पनि आउटडाेर खेलभन्दा भर्चुअल खेलमा बढी केन्द्रित भएकाे देखिन्छ। विद्यार्थीलाई काेठा र माेबाइलबाट बाहिर ल्याउन पनि याे प्रतियोगिता आयोजना गरिएको हाे। अर्को कुरा के हाे भने बाैद्विक एवम् शारिरिक खेलका प्रतियोगिता एकैसाथ कम आयोजना हुने गरेको छ। यस प्रतियोगितामा दुबै फरक विधा एकैसाथ  समावेश गरिनुकाे मुख्य कारण भनेको विद्यार्थीकाे सर्वाङ्गीण विकासमा टिवासमेत पुगाेस् भन्ने हाे,’ शाहीले भने।

४ दिनसम्म चल्ने प्रतियोगिता क्याम्पियन स्कुलकाे खेल मैदानमा हुनेछ। प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएको आयोजनाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए।

प्रकाशित मिति: : 2022-11-11 18:12:00

प्रतिकृया दिनुहोस्