पाकिस्तानविरुद्धकाे खेलमा नेपालले पहिलाे गाेल गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका अन्जन विष्टले ८२ औं मिनेट पहिलाे गाेल गरेका हुन्।
उनले सुनिल बलको क्रसमा गोल गरेका हुन्। याे सँगै नेपालले १–० गाेल अन्तरकाे अग्रता कायम गरेकाे छ।