युवतीको तस्बिरमा क्लिक गर्दा कीर्तिपुरका एक पुरुषको ३ लाख स्वाहा

रातोपाटी

काठमाडाैँ

कीर्तिपुर काठमाडौँका रमेश महर्जन (नाम परिवर्तन)लाई कात्तिक महिनाको सुरुवातदेखि उनको ह्वाट्सएप नम्बरमा बारम्बार एक युवतीको नामबाट हेल्लो हाई लगायतको म्यासेज आइरह्यो । अधबैँसे उमेरका रमेशले पनि युवतीसँग सामान्य कुराकानी गरिरहे । युवतीले बेलाबेलामा केही कामुक तस्बिरहरू पनि पठाउने गर्थिन् ।

रमेश ती तस्बिरहरू हेरेर मक्ख पर्थे । रमेश र ती युवतीबीच ह्वाट्सएपको टेक्स्ट म्यासेजमा केही अन्तरङ्ग कुराकानी समेत भए । युवतीले केही कामुक तस्बिर पनि पठाइरहिन् ।

कात्तिक ५ गते पनि कुराकानीकै क्रममा रमेशको मोबाइलमा युवतीको तर्फबाट एउटा कामुक तस्बिरसहितको लिङ्क आयो । रमेशले अन्य बेलाको जस्तै फोटो होला भनेर उक्त लिङ्कमा क्लिक गरे । जब रमेशले उक्त लिङ्कमा क्लिक गरे, त्यसपछि उनको मोबाइलमा कुनै सफ्टवेयर इन्स्टल हुन थाल्यो । रमेशले सफ्टवेयर इन्स्टल हुनबाट रोक्न खोजे, तर पनि उनले उक्त सफ्टवेयर इन्स्टल हुनबाट रोक्न सकेनन् ।

प्रकाशित मिति: : 2022-11-18 13:14:00

प्रतिकृया दिनुहोस्