युएईमाथि नेपालकाे सान्दर जित

संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो। अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे।

एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०‍–१ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित दूरी पार गरेको थियो। नेपालको जितमा दुई खेलाडीले अर्धसतक बनाए। आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए।

आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए। यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहति ६४ रन बनाएर पेभिलियन फर्किए। ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लु परेका थिए। दोस्रो विकेटले दोस्रो विकेटको लागि एक सय २२ रनको बलियो साझेदारी गरेका थिए।  दोस्रो विकेटको लागि नेपालले गरेको यो उच्च साझेदारी हो।

यसअघि ओपनर अर्जुनले ३३ बलमा ९ रनमात्रै बनाएका थिए। कप्तान रोहितकुमार पौडेल ले १० रनको योगदान गरे। युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो। ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए। दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो।

आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए। बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन बनाए। यसैगरी अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडेका थिए। रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए। 

यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो। दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपाल बराबर गर्न सफल भएको थियो। 

अब, नेपाल डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलिन आईसिसी विश्वकप लिग टु खेल्न नामिबिया पुग्नेछ। 

प्रकाशित मिति: : 2022-11-18 15:51:00

प्रतिकृया दिनुहोस्