झापामा नेपाली काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएको छ।
मेचीनगर–१४ मा रहेको बाल सुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा रुख चुनाव चिह्न नभएको मतपत्र फेला परेको हो।
मतदान सुरु भएको केही समयपछि मतपत्रमा रुख चुनाव चिह्न नभएको पाइएपछि उक्त स्थानको मतदान केन्द्रको मतदान स्थगित भएको छ।
सो बारेमा सत्यतथ्य थप बुझ्न निर्वाचन अधिकृत त्यहाँ जाँदै गरेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। झापा क्षेत्र नम्बर– १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका उम्मेदवार अग्नि खरेल छन।