अमेरिकी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा परिजिता प्रवेश

File photo
File photo

अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा नेपालीमूलकी परिजिता बास्कोटा प्रवेश गरेकी छन्।

उनी मंगलबार भएको प्रतिस्पर्धामा दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन्। जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन्।

उनको उक्त गीतलाई पनि जजहरुले प्रशंसा गरेका छन्। भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन्।

प्रकाशित मिति: : 2022-11-23 15:34:00

प्रतिकृया दिनुहोस्