कासाले सगरमाथामा फेशन शाे गर्ने

कपडाको लोकप्रिय नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ। आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन्।

यसअघि पनि पहिलो पटक ‘कासा’ले कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५५०० मिटर उचाइमा पर्ने ‘गोक्यो’मा फेशन शो आयोजना गरी विश्व रेकर्ड बनाइसकेको छ।

‘द एभरेष्ट शो’मार्फत् तेस्रो विश्व रेकर्ड बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको गुप्ताले जानकारी दिए।

वार्षिकोत्सवकै अवसरमा ‘कासा’ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना गरेकाे थियाे।

प्रकाशित मिति: : 2022-11-27 13:54:00

प्रतिकृया दिनुहोस्