कतार विश्वकप : आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल- २०२२ अन्तर्गत आज (बुधबार) चार खेलहरु हुँदैछन्। आज समूह 'सी' र समूह 'डी' का दुई दुई खेलहरु हुन लागेका हुन्।

पहिलो दुई खेलमा समूह 'डी' मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ।

त्यस्तै, दोस्रो दुई खेलमा समूह 'सी' मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुँदैछ। दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ।

यी चार प्रतिस्पर्धाबाट अन्तिम १६ मा पुग्ने टाेलीकाे टुंगाे लाग्ने छ।

प्रकाशित मिति: : 2022-11-30 06:35:00

प्रतिकृया दिनुहोस्