घानालाई हराए पनि उरुग्वे विश्वकपबाट बाहिरियो

कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ।

अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो।

उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे।

घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ।

समान चार अंक भए पनि गोल अन्तरका आधारमा उरुग्वेलाई पछि पार्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गर्यो।

घानाले ३ खेलमा ३ अंक जोडेको थियो।

प्रकाशित मिति: : 2022-12-02 23:17:00

प्रतिकृया दिनुहोस्