विश्वकप फुटबल: अमेरिकालाई घर फर्काउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा

अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स कतार विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम भएको छ।

खेलको १० मिनेटमै नेदरल्याण्ड्सका तर्फबाट डपेले गोलको खाता खोले। आधा समयमा थपिएको पहिलो मिनेटमा ब्लाइन्डले अर्को गोल थपेर आफ्नो टिमलाई २-०को अग्रता दिलाए। 

यसरी खेलको पहिलो हाफमै २-० ले पछि परेको अमेरिका त्यसपछि खेलमा फर्कन संघर्षरत् रह्यो र ७६औं मिनेटमा राइटले १ गोल फर्काए पनि। त्यसपछि अर्को गोल थपेर खेललाई अतिरिक्त समयमा धेकल्न गरेको प्रयत्न सफल भएन। उल्टै, ८१औं मिनेटमा नेदरल्याण्ड्सका डम्फ्रिजले तेस्रो गोल गर्दै अमेरिकाको आशामा पानी फ्याकिदिए। 

यसरी ३-१ले खेल हार्दै अमेरिका घर फर्किनुपर्ने भयो। यो हारसँगै अबका चरणमा उत्तर अमेरिकाको सहभागिता पनि सकियो।  

खेल पण्डितहरूले नेदरल्याण्ड्स नै जीतको दाबेदार प्रक्षेपण गरेका थिए। उनीहरूले भनेका थिए, कतै अमेरिकाले चमत्कार गर्ला कि ? खेल पण्डितहरूले प्रयोग गरेको चमत्कार शव्दले पनि अमेरिकाको सम्भावनालाई साँघुरो बनाइदिएको थियो। 

यो विश्वकपको सबैभन्दा युवा खेलाडी रहेको अमेरिकी टिम पाको डच टिमको अनुभवका अगाडि टिक्न सकेन। अमेरिकाले खेल १९-२० कै हाराहारीमा खेले पनि स्कोर गर्ने क्रममा खह्रो उत्रन नसक्दा हारको मुख देख्नुपर्यो।

खेल पण्डितहरूले नेदरल्याण्ड्स नै जीतको दाबेदार प्रक्षेपण गरेका थिए। उनीहरूले भनेका थिए, कतै अमेरिकाले चमत्कार गर्ला कि ? खेल पण्डितहरूले प्रयोग गरेको चमत्कार शव्दले पनि अमेरिकाको सम्भावनालाई साँघुरो बनाइदिएको थियो। 

जितसँगै क्वार्टफाइनलमा प्रवेश गरेको नेदरल्याण्ड्सले शुक्रबार क्वार्टरफाइनल खेल्नेछ। आजै हुने अर्जेन्टिना र अस्ट्रेलियाबीचको प्रिक्वार्टरफाइनलको विजेतासँग उसको आम्नेसाम्ने हुनेछ।

प्रकाशित मिति: : 2022-12-03 22:42:00

प्रतिकृया दिनुहोस्