राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो सुदूरपश्चिम अधिवेशन पुस २२ र २३ गते

File photo
File photo

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने भएको छ।

अधिवेशनको तयारीका लागि प्रतिष्ठानका अध्यक्ष पदम बहादुर धामीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ।

धामीको अध्यक्षतामा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। उक्त समितिको सदस्य सचिवमा सूर्यबहादुर साउद र सदस्यहरूमा जीवन थापा, दीर्घराज फुलारा, युवराज जोशी, भीम विष्ट, लोकेन्द्रप्रसाद खनाल, नवीन साउद र पूर्ण भाट रहेका छन्।

त्यस्तै युवराज जोशीको संयोजकत्वमा गठन गरिएको आर्थिक उपसमितिको सदस्यमा धनबहादुर विक, पीताम्बर ओली, लालबहादुर धामी र निर्मला बोगटी रहेका छन्।

प्रचारप्रसार उपसमितिको संयोजककाे जिम्मा सूर्य बहादुर साउदलाई दिएको छ भने उक्त समितिको सदस्यमा झलक पाली, भोजराज भाट र प्रेम विवश चन्द रहेका छन्।

त्यस्तै सांस्कृतिक उपसमितिमा भीम विष्ट, अतिथि सत्कारमा पदम बहादुर धामी, मञ्च व्यवस्थापन समितिमा जीवन थापा, प्रशासनिक उपसमितिमा लोक प्रसाद खनाल भोजन तथा आवासमा दीर्घराज फुलारा, स्वयंसेवकमा नवीन साउद र समन्वय तथा यातायात उपसमितिमा पूर्ण प्रसाद भाटलाई संयोजक जिम्मेवारी दिइएको छ।

उक्त बैठकले प्रतिष्ठानका सल्लाहकार सुरत रावत डोटेली कान्छा संयोजक रहने गरी मूल्याङ्कन समिति पनि गठन गरेको छ। मूल्याङ्कन समितिको सदस्यमा पदमबहादुर धामी र हर्क घर्ती मगर रहेका छन्।

प्रकाशित मिति: : 2022-12-10 18:00:00

प्रतिकृया दिनुहोस्