हेरि केन चुके पेनाल्टीमा, इङ्ल्याण्डलाई पन्छाउँदै फ्रान्स सेमिफाइनलमा

इड्ल्याण्डलाई २-१ ले हराउँदै सावित विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको १७औं मिनेटमा साउमेनीले गोल गर्दै  फ्रान्सलाई अग्रता दिलाए। मध्यान्तरअघि दुबै तर्फबाट गोल गर्ने धेरै प्रयास भए पनि बलले जाली चुम्न सकेन।

यसरी फ्रान्सलाई १-० को अग्रता दिलाउँदै दोस्रो हाफमा प्रवेश गरेको खेलमा दुबै टिमले थप गोल गर्न सकेनन्।

मध्यान्तरपछि ५४औं मिनेटमा इङ्ल्याण्डका लागि क्याप्टेन हेरि केनले गोल गरेर खेललाई बराबरीमा ल्याए। तर, जिराडले ७८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई फेरि अग्रता दिलाए। 

इङ्ल्याण्डले खेलमा फर्कन पेनाल्टी किक पाए पनि क्याप्टेन हेरि केन गोल गर्न चुके। यो सुनौलो अवसर नगुमेको भए शायद इङ्ल्याण्ड खेलमा फर्कन सक्थ्यो। तर, त्यस्तो भएन।

यो जीतसँगै साविक विजेता फ्रान्सको मोरोक्कोसँग बुधबार सेमिफाइनलमा भेट हुनेछ। 

इङ्ल्याण्ड र फ्रान्सबीच बिश्वकप इतिहास 

यसअघि इङ्ल्याण्ड र फ्रान्स बिश्वकपमा दुईपटक मात्र आम्नेसाम्ने भएका थिए। पहिलोपटक सन् १९६६ मा समुह चरणमा भएको खेलमा इङ्ल्याण्ड २-०ले विजयी भएको थियो। त्यो संस्करणको विश्वकप विजेता पनि इङ्ल्याण्ड नै बनेको थियो।

दोस्रोपटक सन् १९८२ मा समुह चरणमै इङ्ल्याण्ड र फ्रान्स दोस्रोपटक आम्नेसाम्ने भए। त्यसपटक पनि इङ्ल्याण्ड ३-१ ले विजयी भयो।

तेस्रोपटकको भेट भने यसपटक क्वार्टरफाइनलमा भयो। यो खेल भने फ्रान्सले जितेर पुरानो हारको बदला पनि लियो।

फ्रान्सको सेमिफाइनल प्रतिद्वन्दी मोरोक्को पोर्चुगललाई १-०ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। यो जीतसँगै मोरक्को विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो अफ्रिकी देश बन्यो।

स्मरणीय छ, विश्वकपमा दक्षिण अमेरिका र युरोपका केही सिमीत देशको बर्चश्व रहदै आएको छ। 

 

प्रकाशित मिति: : 2022-12-11 01:37:00

प्रतिकृया दिनुहोस्