डाेल्पामा वार्षिक परीक्षा सुरु

हिमाली जिल्ला डाेल्पामा विद्यालय स्तरीय वार्षिक परीक्षा सुरु भएको छ।

जिल्लाका आठ स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिकाले मात्रै विद्यालय स्तरीय वार्षिक परीक्षा सुरु गरेकाे हाे।

नगरपालिकाभित्र पर्ने ३१ वटै विद्यालयमा आजदेखि वार्षिक परीक्षा सुरु भएकाे नगर शिक्षा शाखा प्रमुख भिमबहादुर थापाले जानकारी दिए।

चिसाेका कारण अब वार्षिक परीक्षा सम्पन्न भए लगत्तै दुई महिनाका लागि  विद्यालय बन्द हुने र फागुनमा खुल्ने उनले बताए।

ठुलिभेरी नगरपालिकाले भने पढाइ पूरा नभएको भन्दै चैत्रमामात्र बार्षिक परीक्षा सञ्चालन गर्ने जनाएको छ।

त्यसैगरी तल्लो डाेल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकाले पनि बैशाखमामात्र बार्षिक परीक्षा सञ्चालन गर्ने जनाएका छन्।

जिल्लाकाे काइके गाउँपालिकामा पनि वार्षिक परीक्षा सञ्चालन भएको छैन्। उपल्लो डाेल्पामा पर्ने शे-फाेक्सुन्डाे, डाेल्पाे बुद्व र छार्काताङ्साे गाउँपालिकाले भने यसअघिनै वार्षिक परीक्षा सम्पन्न गरेर शिक्षक विद्यार्थीलाई बिदा गरिसकेका छन।

अत्याधिक चिसो र हिमपातका कारण उपल्लो डाेल्पाका विद्यालयहरुमा वैशाखदेखि मंसिरसम्म मात्र सञ्चालन हुन्छ भने अन्य समय बन्द हुने गर्दछ।

प्रकाशित मिति: : 2022-12-11 13:22:00

प्रतिकृया दिनुहोस्