पत्रकार महासंघ डाेल्पाको ११ औं साधारणसभा सम्पन्न 

नेपाल पत्रकार महासंघ डाेल्पा शाखाको ११ औं साधारणसभा मुसीकोट खलंगामा सम्पन्न भएको छ।

शाखा अध्यक्ष सराेज थापाकाे अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख  श्याम बहादुर राेकायकाे प्रमुख आतिथ्यतामा साधारणासभा सम्पन्न भएको हो। 

साधारणसभा उद्घाटनमा बोल्दै प्रमुख श्याम बहादुर राेकायले पत्रकारनै सुचना प्रवाहकाे स्राेत भएकाले सत्यतथ्य र निश्पक्ष रुमा समाचार सम्प्रेषण गर्नुपर्ने बताए।

पत्रकार महासंघकाे जिल्ला शाखाकाे जग्गा र भवनकालागि आफुले सक्दाे पहल गर्ने समेत प्रतिवद्वता व्यक्त गर।

आम जनताकाे सुचना प्राप्तिको स्राेत पत्रकार भएकाले पत्रकारारमा जाेश जाँगर र इच्छाशक्ति हुनुपर्ने बताए।

त्यसैगरि कार्यक्रमका विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले लाेकतन्त्रकाे मेरुदण्डनै सञ्चारमाध्यम भएकाे बताए।

राज्यका नीति नियम,कानुन आम जनतासम्म पुर्‍याउन पत्रकारकाे महत्त्वपूर्ण भुमिकाहुने भएकाले पत्रकार राज्यको चाैथाे अंग भएको उनले बताए।

कार्यक्रमका विशेष अतिथि तथा ठुलिभेरी नगरपालिका वडा नं ३ का अध्यक्ष भक्त बहादुर भन्डारीले महासंघको भवन निर्माणका लागि सदरमुकाम दुनैमा जग्गा व्यवस्थापनका लागि विशेष पहल गर्ने प्रतिवद्वता व्यक्त गरे।

देशमा सुशासन कायमगर्न पत्रकारकाे महत्त्वपूर्ण भूमिका रहने उनकाे भनाइ थियाे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डाेल्पाका पुर्व अध्यक्ष बिष्णुप्रसाद देबकाेटा, बिष्णुलाल बुढा र बविकिशाेर गुरुङ्गलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियाे।

प्रकाशित मिति: : 2022-12-17 19:07:00

प्रतिकृया दिनुहोस्