नेपालमा थप तीन जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना संक्रमण पुष्टि भएको छ। 

पीसीआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा तीन जना संक्रमण मुक्त भएका छन्। यससँगै कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या १८ जना पुगेको छ।

प्रकाशित मिति: : 2022-12-21 19:17:00

प्रतिकृया दिनुहोस्