'राइट टु प्रोटिन रन' माघ ७ मा

File Photo
File Photo

नेपाल भेटनेरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ।

हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जानकारी दिए।

पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड तथा व्हीलचेयरमा प्रतिस्पर्धा हुनेछ। सातै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी १० लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ। हरेक स्पर्धामा पाँचौं स्थानसम्म आउनेलाई नगदबाट पुरस्कृत गरिने छ।

हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। १० किलोमिटर पुरुष खुलामा पहिलो हुनेले ५० हजार, दोश्रोले ४० हजार र तेश्रोले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

महिला खुला ५ किलोमिटर-विद्यार्थीतर्फ ५ किलोटिमर पुरुष-व्हीलचेयरमा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई २० हजार र तेश्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ।

स्कुलको महिला ३ किलोमिटर दौडमा पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार जित्ने छन्।

नेपाल एथलेटिक्स संघले मान्यता दिएको दौडलाई नेपाल दाना उद्योग संघ र अन्तर्गतका दाना उद्योगले सहयोग गर्ने भएका छन्। दौडको अस्पताल पार्टनरमा प्रिमेरा अस्पताल, टिकेटिङ पार्टनरमा इ सेवा, साउन्ड सिस्टम पार्टनरमा आईएसएस प्रा.लि. र हस्पिटिलिटी पार्टनरमा मेरियोट काठमाडौं रहेका छन्। युए सोइ दौडको प्रवद्रधक रहेको छ।

आमजनमानसमा सन्तुलित आहार बारे जनचेतना जगाउने मुख्य उद्देश्यले दौड आयोजना गर्न लागिएको हो। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ।

प्रकाशित मिति: : 2022-12-23 06:59:00

प्रतिकृया दिनुहोस्