भुटानी-अमेरिकी करण राई 'द भ्वाइस अफ नेपाल' !

Himalaya tv
Himalaya tv

भुटानी-ंअमेरिकी करण राईले द भ्वाइस अफ नेपाल-४ को उपाधि जितेका छन् । 

नेपाली भर्सेज भुटानीबीच भएको फिनालेमा उनले तीनजना नेपाली प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन् । 

फस्ट रनर अफ राजेश पायल राई टिमकी सविना योङहाङ लिम्बू भइन् । यसैगरी सेकेन्ड रनर अप प्रमोद खरेल टिमका योगेश मगर भए भने थर्ड रनरअप टिम प्रविशा अधिकारीका साहिल लिम्बू भए। 

प्रतिभा हैन, पैसाको जीत..लज्जाशरणम्
भ्वाइस अफ नेपाल नेपाली हैन, भुटानी-अमेरिकी ! झट्ट पढ्दा अपत्यारिलो लागे पनि सत्य यही हो । नेपालको नेपाली नै भ्वाइस अफ नेपाल  हुनुपर्नेमा भुटानी मुलको  अमेरिकी नागरिक भ्वाइस अफ नेपाल भए।
अब यो कार्यक्रम यही रूपमा गर्ने हो भने नेपाली सहभागी नभए हुन्छ।किनकि,अमेरिकाका भुटानीले नेपालीलाई जित्न नदिन कसम नै खाएका छन्।१ डलरको १३२ रूपैया भएपछि भोट किन्ने खेलमा नेपालका नेपालीको केही लाग्दैन।

पर्फरेन्सका हिसाबले प्रतिस्पर्धात्मक भए पनि गायन प्रतिभाका हिसाबले करण चारजनामा सबैभन्दा कमजोर थिए । तर, भोटले नै छिनोफानो हुने प्रतियोगितामा उनले सबैभन्दा बढी भोटको जोहो गरेर सबैलाई चक्मा दिए । 

अमेरिकामा रहेका भुटानीहरूले उनीहरूको समुदायमा पैसा उठाएरै करणलाई जिताउन क्याम्पेन चलाएका थिए । एक डलरको १३२ रूपैयाँ भएको बेला अमेरिकी डलरको सामु नेपाली रूपैया निरीह बन्यो । 

यसअघिको सिजनमा भुटानी-अमेरिकी किरण गजमेरले उपाधि जितेका थिए । तर, किरण गायनमा पनि प्रतिस्पर्धात्मक नै भएकाले उनको जीत त्यति धेरै विवादमा परेन । तर, गायनमा कमजोर हुँदाहुँदै पनि करणले जितेपछि भने यो रियालिटी शो नै चरम विवादमा तानिएको छ। 

नेपाली संगीतका पारखीहरूले भ्वाइस अफ नेपाल, नेपालभित्रका नेपाली गायन प्रतिभाहरूको मात्र प्रतियोगिता हुनुपर्ने आवाज उठाएका छन् । 

 

 

प्रकाशित मिति: : 2022-12-23 22:55:00

प्रतिकृया दिनुहोस्