गर्भवतीले के खाने? के नखाने?

सेतोपाटी

काठमाडाैं

गर्भवती भएपछि महिलाले एउटै शरीरमा दुइटा जीवन सञ्चालन गर्न थाल्छिन्। उनलाई सामान्यतया चार–पाँच महिनासम्म मेरो पेटमा बच्चा हुर्किँदै छ भन्ने धेरै आभास हुँदैन। भ्रूण हुँदै मानव शरीरको रूप लिन लाग्ने समय यसको मुख्य कारण हो।

भ्रूणको शारीरिक विकासमा लाग्ने समय निकै महत्त्वपूर्ण हुन्छ। गर्भमै शारीरिक बनावटको धेरै विकास हुने भए पनि पूर्ण रूपमा मस्तिष्क विकास हुन जन्मपछि पनि कम्तीमा १८ वर्ष लाग्छ। पछिल्लो एक अध्ययनअनुसार मस्तिष्कको पूर्ण विकास हुन ४० वर्षसम्म लागेको पनि फेला परेको छ।

महिलाको तुलनामा पुरुषमा मस्तिष्क विकास ढिलोसम्म हुने पनि हुने देखिएको छ। मस्तिष्कभित्रका विभिन्न भाग र नसाको विकास चाहिँ पाँच वर्ष उमेरमा लगभग ९० प्रतिशत भइसकेको हुन्छ।

प्रकाशित मिति: : 2022-12-24 16:52:00

प्रतिकृया दिनुहोस्