पोखरमा आयोजना भएको २२ औँ संस्करणकाे आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ।
पोखरा रगंशलमा शनिबार भएको खेलमा संकटाले भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै उपाधि जितेको हो।
खेल निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो। संकटाका लागि कप्तान सुनिल बलको निर्णयक गोलले उपाधि जित्न सफल भयो।