विशाल मिलन केन्द्रले गर्यो ‘पिकलबल’ प्रतियोगिता

पछिल्लो समय अमेरिका तथा युरोपमा लोकप्रिय खेल ‘पिकलबल’ नेपालमा समेत लोकप्रिय बन्दै गएको छ। 

शनिबार काठमाडौंको चण्डोलस्थित विशाल मिलन केन्द्रको खेल मैदानमा केन्द्रले पिकलबलको आयोजना गरेको छ। 

पिकलबल एसोसिएसन नेपालको सहयोगमा विशाल मिलन केन्द्रले आयोजना गरेको डेमोशेसन कार्यक्रममा विभिन्न स्कुल/कलेज सहित विभिन्न क्लबका खेलाडीहरु सहभागी थिए। 

पिकलबल एशोसियसन नेपालको डेमोशेसन कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगर वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जनले 'पिकलबल ' खेल नेपाल जस्तो देशमा  सम्भावना बोकेको बताउँदै  उनले आफ्नो वडास्तरबाट पूर्ण सहयोग गर्ने बताए।

यसैगरी पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बिशाल मिलन केन्द्रसँग सहकार्य गर्न पाउनुले पिकलबलको विकास र प्रबर्द्धनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए। 

कार्यक्रमका सभापति एबं विशाल मिलन केन्द्रका अध्यक्ष हरि अधिकारीले पिकलबल खेल विशाल मिलन केन्द्रमा भित्राउन पाउँदा खुसीको अनुभूति भएको बताउदै पिकलबल खेलको बिकाश र प्रबर्द्धनमा पिकलबल एसोसिएसन नेपालसँग सदैव सहकार्य गर्ने बताए। 

पिकलबल एशोसियशन नेपालका प्रमुख प्रशिक्षक कुमार प्रधानले डेमोसेसन कार्यक्रममा उपस्थित नयाँ खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए। 'पिकलबल' प्रति नयाँ खेलाडीहरुको आकर्षण समेत बढ्दै गएको देखिन्छ।

प्रकाशित मिति: : 2023-01-07 21:01:00

प्रतिकृया दिनुहोस्