इटहरीमा २९ पुसबाट माघ ४ गतेसम्म हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताका लागि लुम्बिनीबाट दाङकी सरस्वती जिएमकाे कप्तानीमा महिला टीम मैदानमा उत्रँदैछ। जिएमकाे कप्तानीमा लुम्बिनीका चार जिल्लाका खेलाडी समावेश गरी १४ सदस्यीय क्रिकेट टीम घोषणा गरिएको छ।
दाङबाट ४, रुपन्देहीबाट ५, बाँकेबाट ४ र नवलपरासी पश्चिमबाट १ जना गरी १४ जना खेलाडी छनोट गरिएकाे प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका सदस्य तथा छनाैट समितिका संयोजक कैलाश रोकामगरले बताए। जसमा दाङबाट लक्ष्मी चौधरी, मधु डिसी र कमला जिएम छनाैट भएका छन्।
यस्तै रुपन्देहीकी कृतिका मरासिनी, सुस्मिता भुसाल, आश्मा पुलामी मगर र कविता खड्का, बाँकेबाट मनिषा राना, जिज्ञासा थापा, सुस्मिता बजगाइँ र रन्जु श्रेष्ठ तथा नवलपरासीबाट सरस्वती पुन टीममा अटाएका छन्।
यस्तै वैकल्पिक खेलाडीका रुपमा नवलपरासी पशेचिमकी विष्णु तिवारी, बाँकेकी चमेली चौधरी तथा दाङकी सर्मिला रोका र अनिता चौधरी परेका छन्। टीमको प्रशिक्षकमा बाँकेबाट जमील अन्सारी तथा टीम व्यवस्थापकमा रुपन्देहीका विष्णु पाठकलाई जिम्मेवारी प्रदान गरिएको छनाैट समितिका संयाेजक राेकामगरले जानकारी दिए।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-३० क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफसहित सातवटै प्रदेशको सहभागीता रहनेछ। लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेल पुस ३० गते दिउँसो कर्णाली प्रदेशसँग खेल्ने छ।