पृथ्वीनारायण शाहले काठमाडौंबाट के सिके?

सेतोपाटी

विष्णुप्रसाद शर्मा

पृथ्वीनारायण शाहलाई हालको स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र निर्माण गर्ने आधार तयार गरेको मान्दै नेपाल एकीकरणका नायकको दर्जा दिने एउटा मत छ। अर्कातिर विभिन्न आदिवासी समुदायको प्रचलित राज्य अधिकार खोस्ने खलनायक मान्ने फरक मत पनि छ।

यी दुई विचारबीच अर्थ–राजनीतिक दृष्टिबाट पृथ्वीनारायण शाहको एकीकरण अभियानको चर्चा गर्नु यो लेखको उद्देश्य हो।

इस्वी सम्बत् १७४३ मा पृथ्वीनारायण शाह गोरखाका राजा हुँदा भारतमा बेलायतको इस्ट इन्डिया कम्पनीको प्रभाव सुरू भइसकेको थियो। इस्ट इन्डिया कम्पनी बेलायत सरकारको निम्ति भारत र पूर्वी एसियामा व्यापार विस्तार गर्न स्थापना गरिएको कम्पनी हो। तर त्यो कम्पनी व्यापारमा मात्र सीमित थिएन। उसको आफ्नै सेना थियो। उत्कर्ष कालमा इस्ट इन्डिया कम्पनी सेनाको संख्या बेलायती सरकारको सेनाभन्दा झन्डै दोब्बर थियो।

प्रकाशित मिति: : 2023-01-11 13:52:00

प्रतिकृया दिनुहोस्