शुक्रबार एन्फा कम्लेक्समा कार्यक्रम आयोजना गरी खेलको तालिका सार्वजानिक गरिएको हो।
ए-डिभिजन लिग आगामी फागुन १९ गतेबाट दशंरथ रगंशलमा आयोजना हुदैँछ। खेल तालिका अनुसार पहिलो खेल खुमलटार फुटबल क्लब र फ्रेन्डस क्लब बिच हुनेछ। उक्त खेल ५: ३० बजे दशरथ रगंशलामा हुनेछ।
ए डिभिजन लिग दशरथ रगंशला , च्यासल फुटबल ग्राउन्ड र एन्फा कम्पलेक्समा आयोजना हुने भएको छ। एन्फाले यसपल्ट ए डिभिजन लिग डवल राउण्ड रोविन फर्म्याटमा आयोजना गर्ने भनेको छ ।
अब एन्फाले डिभिजन लिग हरेक वर्षको जनवारीमा आयोजना गर्न एन्फाका सचिव किरण राईले जानकारी दिए। उनी भन्छन् 'यसपटकको लिग धेरै पटक स्थगित हुँदै आगामी फागुन १९ गतेबाट आयोजना हुने भएको छ, तर आगामी वर्ष हामीले हरेक वर्ष जनवारीमा आयोजना गर्न छौँ।'
एन्फाले विजेता टोलीलाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो स्थानमा रहेको टोलीलाई २५ लाख नगद दिने घोषण गरेको छ।