बालेनविरूद्ध चर्काे नारा लगाउँदै सडकमा उत्रिए सुकुम्बासी (तस्बिरहरु)

सुकुम्बासी व्यवस्थापनकाे माग गर्दै नयाँ बानेश्वरमामा काठमाडाैँमा महानगरपालिका र सरकारविरुद्ध प्रदर्शन भएकाे छ। शुक्रबार राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा राजधानीमा दबाबमुलक कार्यक्रम गरिएको हो।

‘आफ्नै लागि आफैं अधि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौँ,’ भन्ने नारासहित उनीहरुले सडकमा चर्काे नाराबाजी गरेका छन्। उनीहरुले सरकारसमक्ष स्थायी विकल्पबिना सुकुम्बासीहरुलाई उठिबास नलाउन दाबाब दिए।

नयाँ बानेश्वरमा दबाबमुलक कार्यक्रम गर्नुअघि उनीहरुले माइतीघरमण्डलादेखि र्‍याली सुरु गरेका थिए।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-01-27 13:28:00

प्रतिकृया दिनुहोस्