सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण, परेनन् सन्दीप लामिछाने

File Photo
File Photo

नेपाल नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण गरेको छ।

पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको क्यानले बलात्कार आरोपमा हिरासतमा परेर निस्किएका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समेटेको छैन।

क्यानले गरेको पुरुष वर्गीकरणको ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख परेका छन्।

साथै ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल पर्दा ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव परेका छन्।

यस्तै महिलातर्फ ग्रेड ‘ए’मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्यलाई क्यानले समेटेको छ।

साथै ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई राखिएको छ।

प्रकाशित मिति: : 2023-02-01 14:31:00

प्रतिकृया दिनुहोस्