राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

File photo
File photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा जारी छ।

बैठकमा रास्वपा सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो। आफ्नो माग पुरा गर्न भन्दै पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिसकेपनि रास्वपा हालसम्म अनिर्णीत रहेको छ।

यसअघि शनिबार बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भन्दै आजका लागि तय भएको थियो। रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन्। 
 

प्रकाशित मिति: : 2023-02-05 12:35:00

प्रतिकृया दिनुहोस्