सेयर सामान्य अंकले वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। नेप्से परिसूचक १.५४ अंकले उकालो लागेर २०९६.०८ विन्दुमा आएर रोकिएको छ।

गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो। सोही दिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो।

आइतबार नेप्से सूचकको १०८ कम्पनीमा उकालो लागेको छ भने १०१ कम्पनीमा ओरालो लागेको छ। साथै ७ कम्पनी स्थिर रहेको छ। २५८ कम्पनीको कारोबार भएको र ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ।

नेपाल जीवन बिमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। एनआईसी एशिया बैंकको ५ करोड ८५ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ। १३ उपसूचकहरू मध्ये ५ कम्पनीको मूल्य घटेको छ भने बाँकी उपसूचकहरुको मूल्यमा उकालो लागेको छ।

प्रकाशित मिति: : 2023-02-05 17:30:00

प्रतिकृया दिनुहोस्