जसले हवाईजहाजलाई घर बनाएर रोमाञ्चक जीवन बिताए

Ralf-Finn Hestoft/CorbisGetty Images
Ralf-Finn Hestoft/CorbisGetty Images

मान्छेका साेख अच्चमका हुन्छन। कति मानिसले साेखलाई असल कार्यमा बदल्छन् र जीवनलाई आनन्दमय बनाउँछन्, कोही भने बाध्यताले बिताएका हुन्छन। ती मध्ये त्यस्ता केही व्यक्तिहरु छन्, जसले हवाईजहाजलाई आफ्नाे घर बनाएका छन्।

आगलागीबाट आफ्नो घर गुमाएपछि जो एन एसरीको मनमा एउटा अनौठो विचार फुर्‍यो, हवाईजहाजमा बस्ने।

एसरीले करिब ३० हजार डलर रकम खर्चिएर कवाडीमा फाल्न लागेकाे पुराेना बाेइङ– ७२७ जहाज किनिन्। उक्त पुरानाे जहाजमा १५ सय वर्गफिट बस्ने ठाउँ, तीन वटा सुत्ने काेठा, दुई स्नानगृह र ताताे टबसहितकाे घर बनाइन्।

Raphael Gaillarde/Gamma-Rapho/Getty Images

पेसाले एक ब्युटीसियन एसरीको उड्डयनसँग कुनै व्यावसायिक सम्बन्ध थिएन। तर, उनको भाउजू एक हवाई ट्राफिक नियन्त्रकको सुझावमा उक्त घर बनाएकी थिइन। एसरीले जहाजबाट बनाइएकाे उक्त घरमा सन १९९५ देखि १९९९ सम्म बसेकी थिइन।

यद्यपि, हवाईजहाजमा बसेर आनन्दमय जीवन बिताउने उनी पहिलाे व्यक्ति भने हाेइनन। सन १९९० काे दशकको उत्तरार्धमा एक निजी पाइलट लाइसेन्सको ब्रुस क्याम्पबेल पनि यसरी बसेका थिए।

क्याम्पबेल आफ्नै बोइङ– ७२७ बिमानमा हिल्सबोरो, ओरेगनको जंगलमा २० वर्षभन्दा बढी समयदेखि बस्दै आएका छन। ‘म अझै जो एनको काँधमा उभिएको छु। याे अवधारणाबाट म अत्यन्त खुसी छु। म कहिल्यै परम्परागत घरमा बस्ने छैन,’ उनले उत्साहित हुँदै आफ्नाे कुरा सुनाए।

उनको यो परियोजनामा कुल २ लाख २० हजार डलर खर्च भएकाे छ। उनले उक्त रकममध्ये आधा त जहाज खरिदमै खर्चिएका थिए। उक्त जहाज ग्रीसको ओलम्पिक एयरवेजको थियो। जुन जहाज  १९७५ मा एयरलाइनका म्याग्नेट मालिक एरिस्टोटल ओनासिसको अवशेषहरू ढुवानी गर्न पनि प्रयोग गरिएको थियो।

Steve Dipaola/Reuters

जंगलकाे बिचमा रहेकाे उक्त जहाज घरमा क्याम्पबेल बेला–बेला पाहुनाहरु आउने गर्छन। गर्मीमा उनले रमाइलो आकर्षणका साथ ठुला सार्वजनिक कार्यक्रमहरू आयोजना गर्दछन्, जहाँ कलाकारहरूले दाहिने पखेटामा प्रदर्शन गर्छन्। पाहुनाहरू अगाडि / पछाडि जंगलमा नाच्छन्, जसको लागि ठुला कन्सर्टहरू सबै प्रकारका मनोरञ्जनस्थलहरूले भरिन्छन। तिनीहरू विभिन्न जिज्ञासाहरू र थोरै मनोरञ्जनहरूका साथ स-साना बुथहरू वरिपरी रमाइलो गर्छन।

उनी जस्तै अर्का व्यक्ति हुन्, जो एक्सलाइन। उनले त  न यसरी बस्नकाे लागि दुई वटा जहाज प्रयाेग गरेका छन। उनी दुई जहाजमध्ये एउटा बस्ने र अर्काे मर्मतकाे लागि प्रयाेग गरेका छन।

जो एक्सलाइन एमडी- ८० र डिसी- ९ दुई जहाजका मालिक हुन्, जुन एक अर्काको छेउमा ब्रुकशायर, टेक्सासमा बसालिएको छ।

एक्सलाइन एमडी- ८० मा एक दशकभन्दा बढी समयदेखि बस्दै आएका छन। सन २०११ मा अप्रिल फुलको दिनमा सम्बन्धविच्छेद गरेपछि डिसी- ८० लाई नवीकरण गर्ने र थिएटर र संगीत कोठाकाे रुपमा विकास गर्ने याेजना रहेकाे उनले बताएका छन। उनले याे जहाजमा वर्षौंसम्म आफ्ना बच्चाहरूसँग बिताएका थिए।

उक्त याे याेजनालाई उनले ‘प्रोजेक्ट फ्रिडम’काे नाम दिएका छन्। याे सम्पूर्ण परियोजनाको लागि २ लाख ५० हजार डलरभन्दा कम रकम खर्च भएकाे उनकाे दाबी छ। उनको मास्टर बेडरूम १० X १८ फिटको छ। जहाजभित्र दुई वटा टिभीहरू छन् र घुम्नको लागि प्रशस्त ठाउँ छ। उनको बैठक कोठा राम्रो आकारको छ, जसमा भोजन कक्षमा चार वटा सिटहरू छन्। यसमा धेरै मानिसहरु बस्न, रमाइलाे गर्न र खाना पकाउन मिल्छ। भने, शाैचालयकाे व्यवस्था पनि छ।

यति मात्रै नभएर ससांरमा यस्ता धेरै जहाज छन्, जुन जहाज घरमा रुपान्तरित भएका छन्। ती मध्ये बोइङ- ३०७ स्ट्र्याटोलिनर हो, जुन कुनै समय अर्बपति तथा चलचित्र निर्देशक हावर्ड ह्युजेसको स्वामित्वमा थियो।

Bettmann Archive/Getty Images

उनले जहाजलाई ‘उडान पेन्टहाउस’मा परिणत गर्न भित्री भागलाई पुन: निर्माण गर्न खर्च गरेका थिए। आँधीबाट क्षतिग्रस्त भएपछि यो एक असाधारण मोटर डुङ्गामा परिणत भयो र अन्ततः सन १९८० मा फ्लोरिडा निवासी डेभ ड्रिमरले किनेका थिए। यसलाई व्यापक रूपमा उनले मर्मत गरे र यसलाई ‘कोस्मिक मफिन’ नाम पनि दिए। उनी २० वर्षसम्म प्लेन-बोट हाइब्रिडमा बास बसे। अन्ततः यसलाई सन २०१८ मा फ्लोरिडा एयर म्युजियममा दान गरेका थिए।

अमेरिकी लोकगायक र फेमर रेड लेनको न्यासभिल हल दशकौंसम्म एक रूपान्तरित डिसि- ८ मा बसेको थिए। पूर्व प्लेन मेकानिकले १९७० तिर यो जहाजलाई कवाडिबाट बेचेका थिए।

Ralf-Finn Hestoft/CorbisGetty Images

ती त साेखिन व्यक्तिहरुले आफ्नाे प्रयाेगकाे लागि बनाएका जहाजघर भए, ती बाहेक सांसर अरु यस्ता जहाज पनि छन्, जुन हामीले भाडामा लिएर रमाइलाे गर्न सक्छाैँ। कोस्टारिकामा कोस्टा भर्डे होटेलले पूर्ण रूपमा मर्मत गरिएको बोइङ– ७२७ जहाज राखेकाे छ, जुन भाडामा लिएर रमाइलाे गर्न सकिन्छ। त्यस्तै स्वीडेनकाे महासागरमा जम्बो स्टे बोइङ– ७४७ जहाज छ। भने, इङ्गल्याण्डको कोट्सवल्ड एयरपोर्ट लन्डनबाट लगभग १०० माइल पश्चिममा अर्को बोइङ– ७४७ छ, जहाँ २२० जनासम्म बसेर कार्यक्रमहरू गर्न सकिन्छ।

– सिएनएन ट्राभलबाट

प्रकाशित मिति: : 2023-02-06 16:40:00

प्रतिकृया दिनुहोस्