बिहीबार गुजरातको अहमदावादमा एउटा जहाज भयानक दुर्घटनामा पर्यो। त्यो जहाजमा २४२ जना यात्रु थिए। ती मध्ये एकजना भने बाँच्न सफल भयो।
त्यो भयानक दुर्घटनामा बाँच्न सफल विश्वास रमेश कुमार हुन्। उनी बेलायतमा बस्छन्।
लण्डनका लागि उडेको एयर इन्डियाको ७८७ जहाज उडेको दुई मिनेटमै एउटा आवासगृहमा ठोक्किएको थियो। त्यसमा सवार लगभग कोही पनि जिवित नरहेका समाचारहरू आइरहेका बेला एक व्यक्ति भने जिउँदो देखा परे।
उनको भिडिओ तथा तस्विरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। उनी त्यो जहाजको ११ नम्बर सिटमा बसेका थिए।
अस्पतालमा प्रारम्भिक उपचारपछि उनले आफू कसरी बाँचे भनेर बताउनै सकेनन्। उनका भाइ भने पछिल्लो सिटमा थिए। आफ्नो भाइको खोजी गरिदिन उनले आग्रह गरेका छन्।
जहाज ठोक्किएको आवासगृह डाक्टरहरूको थियो। प्रशिक्षार्थी डाक्टरहरूले खाना खाइरहेका बेला उक्त जहाज त्यहिँ ठोक्किएको थियो। २४१ जना यात्रु र त्यहाँ रहेका अरू पनि अहिलेसम्म २६५ जनाको मृत्यु भएको पुष्टी भएको छ।